site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताप्लेजुङमा जारी निषेधाज्ञा आज रातिदेखि हट्ने
फाइल तस्बिर ।

काठमाडौं । ताप्लेजुङमा जारी निषेधाज्ञा आज राति ११ बजेदेखि हट्ने भएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागु गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।  

जिल्ला प्रशासन ताप्लेजुङले गत माघ ११ गते बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो ।  

ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको समर्थन र विरोधमा उत्रिएका समूहहरूबीच झडप भएपछि प्रशासनले निषेधाज्ञा लागू गरेको थियो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ अनुसार, फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रका चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भई सभा, जुलुस, प्रदर्शन तथा घेराउ गर्न निषेध गरिएको थियो ।  निषेधाज्ञा हटेपछि फुङलिङ बजार तथा प्रभावित क्षेत्रमा जनजीवन सामान्य हुने अपेक्षा गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro