site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाच्दै पेस्तोल पड्काएकी जसपा नेत्री यादवमाथि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालकी नेत्री डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियोका बारेमा प्रहरीले सोधपुछ गर्ने भएको छ ।

बुधबार (वैशाख १८) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा यादवले नाच्दै गर्दा आकाशतर्फ ताक्दै पेस्तोल पड्काएको देखिन्छ । उक्त भिडियो ‘भाइरल’ भएपछि प्रहरीले चासो देखाएको हो ।

पेस्तोल पड्काएकाविषयमा सोधपुछका निम्ति यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाइएको छ । यादव सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की बासिन्दा हुन् । सप्तरीका प्रहरी प्रमुख एवं एसपी ढकेन्द्र खतिवडाले यादवलाई सोधपुछका निम्ति बोलाइएको जानकारी दिए ।

एसपी खतिवडाले बाह्रखरीसित भने, ‘‘हामीले सोधपुछका लागि बोलाएका छौँ । के कसो हो बुझेपछि थाहा हुन्छ । पेस्तोल पनि कुन प्रकृतिको हो हामी बुझ्दै छौँ ।’’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro