site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो दिन तोरण चार स्ट्रोकले अघि

काठमाडौं । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलबार तोरणविक्रम शाहीले सानदार सुरुआत गर्दै ४ स्ट्रोकको अग्रता लिएका छन् ।

उनले ७–अन्डर ७५ को सानदार स्कोरमा दाबेदार निरज तामाङ र सञ्जय लामालाई ४ स्ट्रोकले पछि पारेका हुन् ।

गोकर्ण गल्फ क्लबमा तोरणले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्न्ट नाइनमा चार बर्डी प्रहार गरे । दोस्रो, तेस्रो, पाँचौँ र नवौँ होलमा एक–एक सट बचाए ।

आठौँ होलको बोगीलर फ्रन्ट नाइन ३–अन्डर ३३ मा पूरा गरे । यही लयलाई निरन्तरता दिँदै ब्याक नाइनमा बोगीरहित ४–अन्डर ३२ को उत्कृष्ट प्रदर्शन गरे । ११औँ, १३औँ, १५औँ र १७औँ होलमा चार बर्डीको सफलता प्राप्त गरे ।

निरज र सञ्जय दुवैले ३–अन्डर ६९ को स्कोर गरे । उनीहरूले दोस्रो स्थान बाँडे । यो सिजन उच्च लयमा रहेका निरजले तेस्रो, पाँचौँ र सातौँ होलमा बर्डी प्रहार गरे । फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए ।

त्यसपछि ११औँ होलको बर्डीका विरूद्ध १३औँ होलको बोगीले ब्याक नाइनमा इभन–पार ३६ को नतिजा निकाले । निरजले यो सिजन दुई उपाधि जितिसकेका छन् ।

सञ्जयले फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । पहिलो, तेस्रो, चौथो र सातौँ होलमा बर्डी प्रहार गरे। बोगी रहित ४–अन्डर ३२ मा फ्रन्ट नाइनको खेल सकाए । ब्याक नाईन भने उनले सोही लयलाई निरन्तरता दिन सकेनन् । १–ओभर ३७ मा चित्त बुझाए ।

१०औँ होलको वोगी सहित ब्याक नाईन सुरु गरेका सञ्जयले ११औँ र १३औँ होलमा बर्डी प्रहार गरे । तर १६औँ र १८औँ होलमा एक–एक सट खेर फाल्दा निरजसँग दोस्रो स्थान बाँड्न बाध्य भए ।

दिनेश प्रजापति, जयराम श्रेष्ठ र टंक बहादुर कार्की समान २–अन्डर ७० को स्कोर गर्दै चौथो स्थानमा छन् ।

एमेच्योर तर्फ डिफेन्डिङ च्याम्पियन सदभाव आचार्य शीर्षस्थानमा छन् । उनले इभन–पार ७२ मा पहिलो दिनको खेल सकाउँदा राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा र बाबु पौडेललाई ३ स्ट्रोकले पछि पारे ।

राहुल र बाबुले ३–ओभर ७५ को कार्ड तयार पारे । चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र ९ एमेच्योरगरी कुल ३९ गल्फरको सहभागिता छ । ३६ होलको समाप्तिमा कट लागु हुनेछ । शीर्ष २१ खेलाडीले बाकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले एक लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro