site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपालले भने– राजावादीले आफ्नो ‘संस्कार’ देखाए 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बिहीबार (वैशाख १८) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा त्यो विषय नपरेको उनले टिप्पणी गरे । उनले सरकारले ०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यो विषयबाट पन्छिएको जिकिर गरे ।

देशमा संविधान लागु भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्यांकन र समीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याए । संविधानमा जनताका मौलिक हक–अधिकार निश्चित गरिए पनि व्यवहारमा लागु हुन नसकेको उनले बताए ।

“सामान्यतया देशमा संविधान लागु भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्यांकन गर्नुपर्ने आवश्यकता रहन्छ । समीक्षा गर्नुपर्ने आवश्यकता पर्छ,” उनले भने ।

संविधानमा लेखिएका जनताका हक–अधिकारलाई व्यवहारमा लागु गर्न चिन्तन र बहसको आवश्यकता महसुस नगरिएको उनले उल्लेख गरे । “व्यवहारमा लागु गर्ने कसरी यसको बारेमा गहिरो चिन्तन पनि छैन, बहसको पनि आवश्यकता महसुस गरिँदैन,” उनले भने, “आफू सत्तामा कसरी पुग्ने, त्यस हिसाबले समय बिताउने काम गरिएको पाइन्छ ।”

राजसंस्था फर्कंदैन
अध्यक्ष नेपालले मुलुकमा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको दोहोर्‍याए । इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउने कसैले कल्पना गरेको भए सपना नदेख्न उनले आग्रह गरे ।

हालै राजसंस्थालाई फर्काउन केही मान्छेले कोसिस गरेको र उनीहरूले हिंसात्मक र आफ्नो वास्तविक रूप देखाएको नेता नेपालले टिप्पणी गरे । “उनीहरूको आमसभा अत्यन्तै हिंसात्मक रह्यो । हाम्रो पार्टी कार्यालयमा आगो लगाए । समान चोरेर लगे, तोडफोड गरे । यतिसम्म कि मेरो घरमा पनि आक्रमण गरे,” उनले भने, “व्यापारीहरूको पसलमा पनि आगजनी गरे । निजी घरहरूमा पनि आक्रमण गरे र उनीहरूले आफ्नो वास्तविक रूप देखाए ।”

उनले सोही दिन (चैत १५) एकीकृत समाजवादी सहभागी समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको जिकिर गरे । त्यसले जनतामा उत्साह र सकारात्मक सन्देश दिएको उनको भनाइ थियो ।

“यिनीहरूको हातमा शासन जाने हो भने कसरी चलाउँदा रहेछन् त्यो कुरा उनीहरूले आफ्नो संस्कार देखाए,” उनले भने, “त्यसै दिन हामीले भृकुटीमण्डपमा कार्यक्रम गरेका थियौँ, कति शालीन थियो, कति प्रभावशाली थियो, कति संस्कारी थियो – त्यो सबैले देखे । दुईवटैलाई तुलना गरे ।” 

उनले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडि बढाउने र भएका कमी–कमजोरीलाई सुधार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro