site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य सचिवमा तीनजना सिफारिस, सरकारी सेवामा कसको अनुभव कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पद रिक्त छ । यसअघिका सचिव डा. रोशन पोख्रेल फागुन ११ गते अवकाशमा गएसँगै सचिवका निम्ति तीनजना प्रतिस्पर्धामा छन् । 

स्वास्थ्य र प्रशासनतर्फ गरी दुई सचिव रहने मन्त्रालयमा बाह्रौँ तहका तीन अतिरिक्त सचिव डा. विकास देवकोटा, डा. संगीता कौशल मिश्रा र डा. टंक बाराकोटी सचिवका दाबेदार छन् । लोक सेवा आयोगअन्तर्गतको बढुवा समितिको समोबार बसेको बैठकले उनीहरू तीनैजना अतिरिक्त सचिवको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

सचिवका दाबेदारमध्ये देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् । मिश्रा र बाराकोटी स्वास्थ्य मन्त्रालयमा नै कार्यरत छन् ।

देवकोटाले स्वास्थ्य सेवामा २८ वर्ष अनुभव बटुलेका छन् । उनी २०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औँ तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका थिए । कोरोनाकालमा मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका उनी १२औँ तहमा बढुवा हुनुअघि लुम्बीनी प्रदेशको स्वास्थ्यसचिव थिए । २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।

यस्तै, २०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी पनि २०७९ चैत १३ मा नै १२औँ तहमा बढुवा भएका थिए । त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारीमा थिए । स्वास्थ्य सेवामा उनको २५ वर्ष अनुभव छ ।

यस्तै, अतिरिक्त सचिव मिश्रा पनि सचिवका निम्ति बलियो दाबेदार हुन् । २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी उनी एक वर्षमात्रै सरकारी सेवामा रहिन् । खुला प्रतिस्पर्धामार्फत् २०६९ मा उनी पुनः सरकारी सेवामा फर्किइन् । ११औँ तहमा नाम निकालेकी मिश्राले कोसी तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुखको जिम्मेवारी निभाएकी थिइन् ।

२०८० भदौ १३ देखि स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा रहेकी उनी २०८१ असोजदेखि मन्त्रालय तानिएकी हुन् । 

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार १२औँ तहका अतिरिक्त सचिव वा ११औँ तहमा पाँच वर्ष काम गरेका कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव नियुक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro