site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नियामक निकायले ऐन र नियमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष ओझा

काठमाडौं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले नियामक निकायले ऐन र नियमका व्यवस्थालाई पालना गरेर नियमन गर्नुपर्ने बताएका छन् । मंगलबार पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिँदै नियामकले आफ्नो अधिकारलाई सही प्रयोग नगर्दा बाहिर आलोचना हुने गरेको बताए ।

कानुनी सीमालाई ध्यान दिएर प्राधिकरणले बिमकलाई प्रतिस्पर्धी बनाएर बिमित हितलाई संरक्षण गर्नुपर्ने अध्यक्ष ओझाले बताए ।

पछिल्लोसमय प्राधिकरणले ल्याएको नयाँ नियमावलीमा गुनासो आएको भन्दै यसलाई पनि प्राधिकारणले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

“बिमकलाई कारबाही गर्नु मात्र उपलब्धि मान्दिनँ, ऐनले दिएका अधिकारलाई हामीले लागु गर्नुपर्छ,” अध्यक्ष ओझाले भने, “टिमलाई म विश्वास गर्छु । सपोर्ट हरेक ठाउँमा चाहिन्छ । तर, विश्वास गर्छु भन्दैमा सबै गर्न पाइन्छ भन्ने हैन ।”

त्यसैगरी कर्मचारीहरूलाई समान अवसर दिने पनि बताए । सानासाना कुरामा गुट बनाएर व्यक्तिगत फाइदामा कुनै पनि कर्मचारी लाग्न नहुने उनले बताए ।  

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro