site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेडबारे पूर्वप्रशिक्षक टेन हागको प्रतिक्रिया– टिम राम्रो भएर मात्रै पुग्दैन

काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्वमुख्य प्रशिक्षक एरिक टेन हागले म्यानचेस्टर युनाइटेडमा आफनो कार्यकालका दौरान टिममा सुधार ल्याउन अपरिहार्य रहेको स्वीकारेका छन् । युनाइटेडका पूर्वप्रशिक्षक टेन हागले आफ्नो कार्यकालमा युनाइटेडले केही उपलब्धि हासिल गरे पनि त्यो पर्याप्त नभएको बताएका हुन् ।

“मैले कुन कुरालाई मिस गरेको छु भने त्यो ओल्ड ट्राफोड नै हो । हामीले उत्कृष्ट स्तरको खेल पस्केका थियौँ । तर, कहिलेकाहीँ राम्रो मात्र भएर पुग्दैन । टिमले अझै राम्रो गर्नुपर्छ,” एक अन्तर्वार्ताका दौरान टेन हागले भने ।

Dabur Nepal
NIC Asia

सन् २०२२ देखि डच प्रशिक्षक टेन हागले दुई वर्षका लागि म्यानचेस्टर युनाइटेडको नेतृत्व सम्हालेका थिए । युनाइटेडले प्रशिक्षक टेन हागसँगको सम्झौता एक वर्ष थपे पनि अक्टोबरमा उनी बर्खास्तीमा परेका थिए ।

पछिल्लो साता टेन हाग बोरुसिया डोटमन्ड र फेयेनुर्डसँग सम्झौतानजिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खुलाएका थिए । तर, दुवै क्लबमा क्रमशः निको कोभाक र रोबिन भान पर्सीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेका छन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro