site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्यालेस्टिनी कैदीको रिहाइका लागि हमासले इजरायलसमक्ष राख्यो यस्तो सर्त 

काठमाडौं । गाजा युद्धविराम सम्झौतामा हमासले प्यालेस्टिनी कैदीको रिहाइका लागि इजरायलसमक्ष आफ्ना सर्तहरू राखेको छ ।

हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्को चरणमा वार्ता गर्ने बताएको छ । सहमति अनुसार जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सर्त राखिएको छ ।

इजरायलले आइतबार ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइमा अबरोध गरिरहेको बताएको छ । जसलाई ६ जना जीवित र चारजना मृत बन्धकहरूको बदलामा रिहा गरिने बताइएको थियो ।

इजरायलले हमासले गाजा युद्धविराम सम्झौताको बारम्बार उल्लंघन गरेको आरोप लगाएको छ ।

हमासका एक वरिष्ठ अधिकारीले इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने जिद्दी गरेको कारणले सम्पूर्ण सम्झौता गम्भीर खतरामा रहेको बताएका छन् । उनले मध्यस्थकर्ता विशेषगरी अमेरिकालाई इजरायलमाथि दबाब दिन आह्वान गरेका छन् ।

सम्झौताको पहिलो चरण ६ हप्ताको अस्थायी युद्धविराम शनिबार समाप्त हुनेछ । तर, दोस्रो चरण र युद्ध अन्त्य गर्ने वार्ता अझै सुरु भएको छैन । बीबीसी 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro