site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कटारी गोल्डकप : काठमाडौंद्वारा भुटान पराजित

काठमाडौं । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन ब्वाईज फुटबल क्लब, काठमाडौँले सामत्सी फुटबल क्लब, भुटानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

सोमबार भएको खेलमा भुटानका लागि अयुग डुकाले एक गोल गरे । काठमाडौंका लागि उमेश युङ्गमाले एक गोल र सुरज राउतले दुई गोल गरेका थिए । काठमाडौंका राउत ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद तीन हजार पुरस्कार प्राप्त गरे ।     

मंगलबारको खेल वाग्मती फुटबल क्लब सर्लाही र सहलेश युवा क्लव सिरहाबीच हुनेछ । कटारी नगरपालिकाको आर्थिक सहयोगमा कटारी नगर खेलकुद विकास समितिद्वारा आयोजित शनिबारदेखि जारी प्रतियोगिताको उपाधि विजेताले उपाधिसहित नगद तीन लाख हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro