site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँबस्तीलाई हराउँदै च्यासल तेस्रो स्थानमा उक्लियो

काठमाडौं । च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा च्यासल नयाँबस्ती युथ क्लबलाई ३–१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको हो ।

च्यासलको जितमा सुवास बम र नीरज कार्कीले समान एक गोल गर्दा एक आत्मघाती गोल उपहार पायो । नयाँबस्तीका पूर्णबहादुर गुरुङले टोलीका निम्ति एक गोल फर्काए पनि हार भने टार्न सकेनन् ।

१०औँ मिनेटमा च्यासलका नीरजले टोलीलाई अग्रता दिलाए । १८औँ मिनेटमा नयाँबस्तीबाट एक आत्मघाती गोल उपहार पाएपछि च्यासलले दुई गोलको अग्रता बनायो । २३औँ मिनेटमा सुवासले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।

२५औँ मिनेटमा नयाँबस्तीका पूर्णबहादुरले टोलीका निम्ति एक गोल फर्काए ।

जितसँगै च्यासलले १४ अंक बनाएको छ । च्यासल कुल नौ खेलमा चार जित, दुई बराबरी र तीन हारसहित १४ अंक बनाउँदै तेस्रो स्थानमा उक्लेको छ ।

पराजित नयाँबस्ती भने पाँचौँ हार खेप्दै दुई जित र दुई हारसँगै आठ अंकका साथ १०औँ स्थानमा सीमित छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro