site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिशक्ति सेक्युरिटिजको ललितपुर शाखा उद्घाटन

काठमाडौं । ग्राहक सेवा विस्तार र लगानीकर्तालाई थप सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले त्रिशक्ति सेक्युरिटिजले आफ्नो पाँचौँ शाखा विस्तार गरेको छ । त्रिशक्तिले ललितपुरको ललितपुर महानगरपालिका–५, जावलाखेलमा नयाँ शाखा कार्यालय शुभारम्भ गरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पौडेल र ललितपुर महानगरपालिका–५ का वडा अध्यक्ष विकाशमान श्रेष्ठको उपस्थितिमा उक्त शाखा कार्यालयको शुभारम्भ गरिएको हो ।

अध्यक्ष पौडेलले सेयरबजारको जोखिम तथा प्रतिफलको बारेमा जानकारी दिएका थिए । पौडेलले पुँजी बजारको विकासमा ब्रोकर कम्पनीहरूको योगदान उल्लेखनीय रहेको बताए ।

कम्पनीले यसअघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौँडाबाट डिम्याट, टी.एम.एस. लगायतमा सेयर कारोवारसम्वन्धी सेवाहरु प्रदान गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro