site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्युठान पुगेर गगनले माफी माग्दै भने– सरकारमा चकचक र उपद्रो गर्दैनौँ 
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा रहेर कांग्रेसले चकचक नगर्ने र उपद्रो पनि नगर्ने बताएका छन् ।

उनले ०७९ को निर्वाचनका बेलामा प्युठानमा आफूहरुले कार्यकर्तालाई रुखमा मत दिन नभनी गिलासमा मत दिन भनेकोप्रति माफी माग्दै भने, “म प्युठानमा यहाँका जनतासँग माफी माग्छु । रुखमा मत हाल्न नलगाएर हामीले गिलासमा मत हाल्न लगायौँ ।”

Dabur Nepal
NIC Asia

उनले आफूहरुले सरकारमा बसेर चकचक नगर्ने बताउँदै भने, “प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । पाँच वर्ष चलोस् भन्ने चाहेका थियौँ । हामीले बेइमानी गरेका होइनौँ । उहाँले नै कांग्रेसलाई छाडेर एमालेसँग जानुभयो । अहिले हामी एमालेसँग मिलेर सरकार चलाएका छौँ । हामी इमान्दार भएर सरकार चलाउछौँ । हामी चकचक र उपद्रो गर्दैनौँ सरकारका बारेमा ।”

उनले एमालेसँग आफूहरु बराबर हैसियतमा रहने बताउँदै भने, “न एमालेलाई हेप्छौँ न एमालेसँग झुक्छौँ । दुर्व्यवहार सहेर कांग्रेस सरकारमा बस्दैन । मिलेर सर्तका आधारमा सरकार चलाउछौँ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro