site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आर्सनलका पूर्वस्ट्राइकर लुकाज पेरेज पीएसभी आइन्डोभनमा अनुबन्ध

काठमाडौं । पीएसभी आइन्डोभनले आर्सनलका पूर्वस्ट्राइकर लुकाज पेरेजलाई अनुबन्ध गरेको छ । च्याम्पियन्स लिगअन्र्तगत पहिलो लेगमा लन्डन क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्नुभन्दा एक हप्ताअघि पीएसभीले आर्सनलका पूर्वस्ट्राइकर पेरेजलाई अनुबन्ध गरेको हो ।

गत महिना मात्रै डिर्पोटिभो ला कोरोउलाबाट फुकुवा भएका ३६ वर्षीय पेरेजले फ्री एजेन्टको रूपमा अनुबन्ध भएका हुन् ।

उनी सन् २०१६ मा २० मिलियन युरोमा आर्सनलमा अनुबन्ध भएका थिए । तर, सीमित उपलब्धि हासिल भएपछि उनी डिर्पोटीभोमा फर्किएका थिए । त्यसपछि २०१८ मा उनलाई वेस्ट ह्यामले भित्राएको थियो ।

“म यस क्लबको लागि राष्ट्रिय लिग र अरु उपाधि जित्ने लक्ष्य पूरा गर्न निकै उत्सुक छु,” सम्झौतापछि पेरेजले भने ।

 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro