site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिलेको परिवर्तन माओवादीले ल्याएको हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् । सोमबार झापाको कचनकवलमा सुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अहिलेको परिवर्तन त्यत्तिकै नआएको बताए । हजारौँ वीर सहिदहरूको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको उल्लेख गरे । माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाए ।

"अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन । तपाईं हाम्रा हजारौँ वीर छोराछोरीहरूले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरूले तपाईं हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन । तपाईं हामीले रगत बगाएर त्याग, तपस्या गरेर वीरता र बलिदानका धेरै कीर्तिमानहरू कहिल्यै नमेटिने गरी तयार पारिएका बलमा मात्रै यो परिवर्तन सम्भव भएको हो । अहिले यो परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको छ । अहिलेको संविधानमा एकथरी मान्छेहरूले त्यसको प्रस्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्छन्," उनले भने ।

अध्यक्ष प्रचण्डले एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro