site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमानलाई हटाउने विषयमा ऊर्जा राज्यमन्त्रीको असहमति

काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले कुलमानलाई हटाउन लागेको चर्चा चलिरहेका बेला राज्यमन्त्री तामाङको यस्तो भनाइ आएको हो ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलेको अवस्थामा ल्याएको भन्दै अहिले उनलाई प्राधिकरणबाट हटाउन नहुने बताएका हुन् । 

नेपालको विद्युत् क्षेत्रको विकासमा कुलमानको धेरै महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले कुलमानलाई हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको धारणा राखे । 

आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरि उनलाई मौका दिनुपर्ने उनको राय छ । 

उनले सरकारले कर्मचारीलाई चित्त नबुझेको कुरामा स्पष्टीकरण सोध्नु ठूलो विषय नभएको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro