site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानविरुद्धको शतकसँगै एकदिवसीय क्रिकेटमा विराटले बनाए नयाँ कीर्तिमान

काठमाडौं । भारतीय क्रिकेट टिमका शीर्षक्रम ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन बनाउने ब्याटर बनेका छन् ।

आईसीसी च्याम्पियन्स ट्रफी–२०२५ अन्तर्गत आइतबार पाकिस्तानविरुद्ध १०० रनको शतकीय इनिङसँगै विराटले आफ्नै देशका पूर्वब्याटर सचिन तेन्दुल्करलाई पछि पार्दै यो कीर्तिमान बनाएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको यो ५१औँ शतक हो ।

Dabur Nepal
NIC Asia

कोहलीले भारतबाट २८७ इनिङमै १४ हजार रन पूरा गरेका हुन् । यसअघि ३५० इनिङमा १४ हजार पूरा गर्दै सचिन तेन्दुल्कर सबैभन्दा छिटो यो कीर्तिमान बनाउने खेलाडी बनेका थिए । यो सूचीको तेस्रो स्थानमा रहेका श्रीलंकन ब्याटर कुमार संगकाराले ३७८ इनिङमा १४ हजार पूरा गरेका थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro