site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकृति संरक्षणमा ९ हजारभन्दा बढी सेना परिचालन

काठमाडौं । नेपाली सेनाले प्रकृति संरक्षणमा आफ्ना ९ हजारभन्दा बढी फौज परिचालन भएको जनाएको छ । नेपाली सेनाले आइतबार सैनिक मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

सेनाका अनुसार, हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा सिकार आरक्षका साथसाथै चुरै क्षेत्र संरक्षणका लागि उक्त संख्यामा फौज परिचालन भएका हुन् । नेपाली सेनाका आठवटा वण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्म गरी ९ हजार ४६ जना फौज प्रकृति संरक्षणमा खटिएको जनाइएको छ ।

प्रकृति संरक्षणमा सेना संलग्न भएपछि सन् २००९ मा १२१ को संख्यामा रहेका बाघ हाल ३५५ भन्दा बढी र सन् २००५ मा ४ सयको संख्यामा रहेको लोपोन्मुख एक सिङ्गे गैँडा ७५२ भन्दा बढी भएको सेनाको दाबी छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति तथा नेपाली सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म १६ लाख १८ हजारभन्दा बढी बोटविरुवा वृक्षारोपण गरी जंगल वृद्धि गरिएको पनि सेनाले जनाएको छ ।

यस्तै, २०७६ सालबाट सुरु गरिएको ‘सफा हिमाल अभियान’ अन्तर्गत सरोकारवाला निकायहरूको समन्वयमा हालसम्म ११९ टन फोहोर, १२ वटा मानव शव र चारवटा मानव अस्थिपञ्जर संकलन गरी व्यवस्थापन गरिएको सेनाले बताएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro