site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मातृभाषा राष्ट्रिय सेवा पुरस्कार ‘योगेश राल्फाली’लाई 

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार तामाङ साहित्यकार योकबहादुर घिसिङ ‘योगेश राल्फाली’लाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमको आयोजना गरी घिसिङलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार प्रदान गरेको हो । 

कार्यक्रममा रक्षामन्त्री मानवीर राईले तामाङ मातृभाषा साहित्यमा योगदान पुर्‍याएबापत घिसिङलाई १ लाख रुपैयाँ नगद पुरस्करसहित सम्मान हस्तान्तरण गरे । सो अवसरमा मन्त्री राईले देश र संविधानको रक्षाका लागि सबै एक भएर लाग्नुपर्ने बताए । 

सबै जातजातिलाई समान अधिकार प्रदान गर्न संविधानमा रहेका बाधाहरू फुकाउनका लागि सरकार तयार रहेको उनले बताए । उनले पश्चगमन नभई अग्रगमनतर्फ अघि बढ्नका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । 

कार्यक्रममा स्रष्टाहरूले मातृभाषामा कविता वाचन गरेका थिए । सन् १९९९ को नोभेम्बरमा बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । 

यद्यपि संयुक्त राष्ट्रसंघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro