site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
झिनो अंकले बढ्यो नेप्से, आठ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से १.८२ अंक (०.०६ प्रतिशत)ले बढेर २,६८५.७३ को विन्दुमा पुगेको छ ।

यसदिन आठ अर्ब ७१ करोड रुपैयाँमा एक करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर किनबेच भएको छ ।

Argakhachi Cement Island Ad

आज १३४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ९९ कम्पनीको सेयरमूल्य घटेको र ११ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ९.९९ अंकले बढेको छ । सबैभन्दा धेरै गुमाउने उपकार लघुवित्त र सुपर मादी हाइड्रोको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्