site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इराकमा भएको हवाई आक्रमणमा दुई आईएस लडाकुको मृत्यु
फाइल तस्बिर ।

बग्दाद । मध्य इराकी प्रान्त सलाहुद्दिनमा भएको हवाई आक्रमणमा दुई इस्लामिक स्टेट (आईएस) लडाकु मारिएको इराकी सेनाले मंगलबार जनाएको छ ।

गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले सोमबार प्रान्तको उत्तरपूर्वी भागमा रहेको बालकाना क्षेत्रमा आईएस लडाकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।

सेना र खुफियाकर्मीहरूको संयुक्त टोलीले मंगलबार बिहान बम भएको क्षेत्रमा खोजी गरेको थियो, जहाँ उनीहरूले दुई आतंककारीको शव, हतियार, मोबाइल फोन र अन्य वस्तुहरू फेला पारेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१७ आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केही सुधार आएको थियो यद्यपि, अझै पनि सहरी तथा दुर्गम क्षेत्रहरूमा लुकेका आईएसका अवशेषहरूले सुरक्षा बल र नागरिकहरूविरुद्ध बारम्बार आक्रमण गर्दै आइरहेका छन् । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro