site stats
बाह्रखरी :: Baahrakhari
विदेश
टिकटकर सना युसुफको हत्या आरोपित पक्राउ

काठमाडौं । इस्लामाबाद प्रहरीले १७ वर्षीया टिकटकर सना युसुफको हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ । सना युसुफको सोमबार पाकिस्तानको राजधानी इस्लामाबादस्थित उनकै घरमा हत्या भएको थियो ।

आरोपीलाई फैसलाबादबाट पक्राउ गरिएको इस्लामाबादका आईजी (प्रहरी महानिरीक्षक) सैयद अली नासिर रिजवीले सञ्चारमाध्यमलाई बताए । अभियुक्तको साथबाट सनाको मोबाइल पनि बरामद गरिएको छ । 

Argakhachi Cement Island Ad

रिजवीले पत्रकार सम्मेलनमा भने, “प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ कि आरोपितले सनालाई मन पराउँथे र उनीसँग साथी बन्न चाहन्थे, तर सनालाई यो मन परेको थिएन ।” 

सनाले आरोपीको मित्रताको प्रस्ताव धेरैपटक अस्वीकार गरेकी थिइन् । आरापितले धेरै दिनदेखि फोन र सामाजिक सञ्जालमार्फत उनलाई सम्पर्क गर्ने प्रयास गरिरहेका थिए । 

सोमबार, जुन २ मा आरोपित सनाको घरनजिकै आएर उनलाई भेट्न खोजिरहेका थिए । ​​सनाले उसलाई भेट्न अस्वीकार गरेपछि उनकै घरमा गएर अपराध गरेको प्रहरीले जनाएको छ । 

उनले सीसीटीभी र कल रेकर्डको अनुसन्धान गरेर आरोपितलाई पक्राउ गर्न सफल भएको बताए । 

अभियुक्त म्याट्रिक उत्तीर्ण हुन् र उनका बुबा अवकाशप्राप्त सरकारी कर्मचारी हुन् ।बीबीसी

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्