site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा पटाका कारखानामा विस्फोट : चारजनाको मृत्यु
सांकेतिक तस्बिर ।

नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बंगालमा शुक्रबार एउटा पटाखा कारखानामा विस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।

Dabur Nepal

“उक्त दुर्घटनामा चारजनाको मृत्यु भएको  छ,” एक प्रहरी अधिकारीले बताए, “एक महिलालाई घाइते अवस्थामा उद्धार गरी तत्काल अस्पताल लगिएको छ ।”

विस्फोटका कारण कारखानामा ठूलो आगो लागेको प्रहरीले जनाएको छ ।

आगो निभाउन र नजिकैको क्षेत्रमा फैलिन नदिन तत्काल दमकललाई घटनास्थलमा पु¥याएको प्रहरीले जनाएको छ ।

विस्फोटको कारण तत्काल थाहा हुन सकेको छैन । प्रहरीले उक्त दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

भारतीय पटाखा कारखाना र पसलहरूमा आकस्मिक विस्फोटहरू सामान्य छन् । मालिकहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro