site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पलाई ‘गोल्डेन पेजर’ उपहार

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन् ।

सन् २०२४ को सेप्टेम्बरमा इजरायलले लेबनानी इस्लामिक समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमणपछि त्योविरुद्धको युद्धको ‘टर्निङ प्वाइन्ट’को प्रतीकका रूपमा यो उपहार प्रदान गरिएको नेतान्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“यो रणनीतिक अभियानले इजरायलको शक्ति, प्राविधिक श्रेष्ठता र आफ्ना शत्रुहरूविरुद्ध चातुर्य प्रदर्शन गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

लेबनानी अधिकारीहरूका अनुसार, इजरायलले एकैदिन एकैचोटि ‘पेजर आक्रमण’ गरी हिजबुल्लाहलाई स्तब्ध बनाएको थियो । आक्रमणमा पेजर र वाकीटकीमा विस्फोट हुँदा दर्जनौँ लडाकु मारिएका थिए । हजारौँ घाइते भएका थिए ।

गएको सेप्टेम्बरको अन्त्यतिर इजरायलले हिजबुल्लाहलाई सीमाबाट पछाडि धकेल्ने उद्देश्यले दक्षिणी लेबनानमा स्थल आक्रमण थालेको थियो ।

एक वर्षभन्दा बढी समयदेखिको इजरायली बमबारी र दक्षिणी लेबनानमा आक्रमणमा परिणत युद्धको अन्त्य गर्दै नोभेम्बर अन्तिममा इजरायल र हिजबुल्लाह युद्धविराम गर्न सहमत भए ।

यद्यपि, इजरायली सैनिक अझै छिमेकी देशका केही भागमा सक्रिय छन् । युद्धविराम लागु गर्न तीन महिनाको समयावधि जनवरी २६ मा समाप्त भएको तर इजरायली सेनाले दक्षिणी लेबनानबाट समयसीमामा सेना फिर्ता गरेको छैन । 

इजरायलले लेबनानी सेनाले सम्झौता अक्षरशः पालना नगरेको तर्क गर्दै प्रारम्भिक समयसीमा पूरा गर्ने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट पारेको थियो । उसले त्यहाँ यदाकदा हवाई आक्रमण पनि जारी राखेको छ । र, अब फेब्रुअरी १८ सम्म सेना फिर्ता गर्ने मिति तोकिएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro