site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु

अंकारा । टर्कीको राजधानी अंकारामा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत छन् ।

टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ । यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशंकामा ३२ जनालाई हिरासतमा लिइएको छ ।

अंकारा प्रान्तीय गभर्नरको कार्यालयले मंगलबार विषाक्त रक्सीको प्रयोगको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो ।

अन्य सहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ । इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तीमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो । अधिकांश मृत्यु मिथेनोल विषाक्तताको कारणले हुन्छ ।

टर्कीका अधिकारीहरूले विषाक्त मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्न प्रयासहरू तीव्र पारेका छन् । साथै, अधिकारीहरूले जनतालाई इजाजत नभएका पेय पदार्थहरूबाट बच्न आग्रह गरेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro