site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएसएआईडीका १० हजार कर्मचारी हटाएर ३०० मा सीमित, एसियामा आठजना मात्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (यूएसएआईडी)का करिब १० हजार कर्मचारी कटौती गरिएको छ । एलन मस्क नेतृत्वको सरकारी प्रभावकारिता विभाग (डोज)ले एजेन्सीलाई करिब ३०० कर्मचारीमा सीमित गरेको हो ।

योसँगै एसियामा यूएसएआईडीका आठ कर्मचारी मात्र बाँकी छन् । अफ्रिकामा १२ कर्मचारी बाँकी छन् ।

“एसियामा अन्तभन्दा बढी गरिब मानिस छन्, हाम्रो उपस्थितिले सधैँ चीनको प्रभावलाई रोक्न मद्दत गरेको छ,” यूएसएआईडीका एक कर्मचारीले भनेका छन् ।

मंगलबार यूएसएआईडीले महत्त्वपूर्ण कामका निम्ति जिम्मेवारबाहेक सबै कर्मचारीलाई फेब्रुअरी ७ देखि बिदामा बस्न भन्दै इमेल गरेको थियो ।

विदेशमा रहेका एजेन्सीका कामदारलाई अमेरिकाले फिर्ता बोलाउने समेत इमेलमै उल्लेख छ । यूएसएआईडीको सहायता कटौतीको असर नेपालसहित विश्वका धेरै देशमा परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro