site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे क्यापिटलसहित तीन संस्थाले बाँडे शैक्षिक सामग्री

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, लायन्स क्लब्स अफ काठमाडौं नमस्ते र राष्ट्रिय बिमा कम्पनीले संयुक्तरूपमा शैक्षिक सामग्री वितरण गरेका छन् ।

नुवाकोटको तादी गाउँपालिका–६, चामोटस्थित सीता धर्म आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री, स्कुल ब्याग, ट्रयाक सुट तथा खेलकुद सामग्री वितरण गरिएको हो । विद्यालयमा बाल विकास कक्षादेखि कक्षा ८ सम्म अध्ययनरत १०४ जना बालबालिकालाई श‌ैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा माछापुच्छ्रे क्यापिटलको तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार उपस्थित थिए ।

स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरि रक्तदान, वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरूमा छुटलगायत विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro