site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सर्त मान्न तयार भए पुटिन जेलेन्स्कीसँग भेट्न तयार : रुस

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग भेट्न सक्ने घोषणा गरेको रोयटर्सले जनाएको छ । रुसी राष्ट्रपति कार्यलयले त्यसअघि केही सर्तहरूमा सहमति हुनुपर्ने बताएको छ । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले कुन र के कुरामा सहमति आवश्यक भएको भन्ने स्पष्ट पारेनन् । पुटिन र जेलेन्स्कीले डिसेम्बर २०१९ पछि अहिलेसम्म भेटेका छैनन् ।

राष्ट्रपति जेलेन्स्कीले यस हप्ता टर्कीमा भेट्न पुटिनलाई चुनौती दिएका थिए । तर पुटिनले उक्त प्रस्ताव अस्वीकार गर्दै शुक्रबार युक्रेनी वार्ताकारहरूसँग द्विपक्षीय छुट्टै भेट गर्न सहयोगीहरूको टोली पठाए । सन् २०२२ को मार्चपछि यो पहिलो प्रत्यक्ष वार्ता हो ।

युक्रेनले वार्तामा पुटिन–जेलेन्स्की भेटको विषय उठाएको बताएको छ । पेस्कोभले भने, “रुसले यस्तो भेट सम्भव छ भन्ने ठान्छ, तर दुवै पक्षले केही सहमति गरेर नतिजा हासिल गरेपछि मात्र त्यो सम्भव छ ।”

उनले थपे, “यी सम्झौतामा हस्ताक्षर गर्दा युक्रेनी पक्षबाट कसले हस्ताक्षर गर्छ भन्ने हाम्रो लागि मूलभूत महत्त्व राख्छ ।” 

पेस्कोभले यस बारेमा विस्तृत व्याख्या गरेनन् । पुटिनले पहिले जेलेन्स्कीको राष्ट्रपतिको वैधतामाथि नै प्रश्न गरेका थिए किनभने उनको निर्वाचित कार्यकाल गत वर्ष सकिएको थियो ।

रुसविरुद्ध आत्मरक्षाको संघर्षमा लागेको युक्रेनले मार्सल लागु गरेको छ र नयाँ निर्वाचनको मिति तोकेको छैन ।
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्