![कैलालीमा आमा र छोरी मृत फेला](https://12khari.top/uploads/posts/death1-1695793149.jpg)
काठमाडौं । कैलालीमा आमा र छोरी मृत फेला परेका छन् । गोदावरी–११ गोथानमा आमा र छोरी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
“आमा र छोरी दुवै पासो लागेर आत्महत्या गरेको भन्ने मृतकका देवरबाट खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो,” जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्रसिंह बोहराले बाह्रखरीसँ भने, “आमा २३ वर्षीया मिरा कामी र उनकी दुई वर्षकी छोरी प्रिन्सी झुण्डिएको अवस्थामा बिहीबार साँझ ७ बजे मृत फेला परेका थिए ।”
आफ्नै कोठामा उनीहरू झुण्डिएको पाइएको बोहराले जानकारी दिए ।
सासुआमा कामविशेषले धनगढी बजार गएको बेला उक्त घटना भएको प्रहरीले बताएको छ ।
मिराका श्रीमान् र ससुरा रोजगारीका क्रममा भारतमा रहेको डीएसपी बोहराले जानकारी दिए ।