site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्याथे प्यासिफिक एयरमा ‘फुड पोइजनिङ’ हङकङकै खानाले भएको पुष्टि 

काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सका यात्रुलाई त्यहाँकै खानाले ‘फुड पोइजनिङ’ भएको छानबिनबाट पत्ता लागेको छ ।

त्यहाँको सेन्टर फर हेल्थ प्रोटेक्सनले पठाएको रिपोर्टमा हङकङ इन्टरनेसनल एयरपोर्टकै खानामा विषाक्तता देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

उक्त खाना हङकङ एयरपोर्ट परिसरमा रहेको क्याथे प्यासेफिक क्याटरिङ सर्भिस लिमिटेडले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौंबाट हङकङका निम्ति गएको जनवरी ८ र ९ मा उडान भरेका ४३ यात्रुलाई फुड पोइजनिङ भएको थियो । उडानको दुई दिनसम्म अस्वस्थ भएपछि हङकङकै नर्थ लन्ताउ अस्पतालमा यात्रुको उपचार गरिएको थियो ।

खाद्य स्वच्छता नियामक निकायको अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसाले घटनाबारे चासो राख्दै इमेल पठाएपछि अनुसन्धानमा सहयोग गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro