site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपीन जोशीको रिहाइका निम्ति अरब संसद्का अध्यक्षलाई सभामुखको पत्र

काठमाडौं । सभामुख देवराज घिमिरेले प्यालेस्टाइनी लडाकु समूह हमासबाट अपहरित नेपाली विद्यार्थी विपीन जोशीको शीघ्र रिहाइका निम्ति पहल गरेका छन् । अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै उनले विपीनको सकुशल रिहाइका निम्ति पहल गरिदिन आग्रह गरेका हुन् ।

“नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,” पत्रमा भनिएको छ ।

विपीनलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरेका छन् । पत्रमा सभामुख घिमिरेले भनेका छन्, “नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।”

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि विपीनसहितका व्यक्तिहरूलाई बन्दी बनाएको हो । उनको रिहाइका निम्ति सरकारले कूटनीतिक पहल गरिरहेको छ ।

नेपालका निम्ति इजरायली राजदूत श्मुलिक आरी बासले गएको आइतबार सभामुखसँगको भेटमा विपीनको रिहाइका लागि संसदीय कूटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए । हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदानसम्बन्धी सम्झौताको नेपाल सरकारले स्वागत गरेको समेत सभामुख घिमिरेले पत्रमा उल्लेख गरेका छन् ।

उनले नेपाल सार्क, बिम्स्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनामा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराएका छन् । नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकतामा उनले जोड दिएका सभामुखको सचिवालयले जानकारी गराएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro