site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालीकोटमा ट्रक खस्दा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नरहरिनाथ–८, लालुगाउँबाट फर्कने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परी नरहरिनाथ–५, रुप्साका ४५ वर्षीय गंग देउवाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारका निम्ति सदरमुकाम मान्म ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट झन्डै २०० मिटर तल खसेको थियो । ट्रकका चालक हाम फालेर बाँच्न सफल भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro