site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकबाट युवा तथा खेलकुद मन्त्रालयलाई यस्तो निर्देशन दिइएको हो ।

बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १०औँ राष्ट्रिय खेलकुद सम्पन्न गर्ने गरी आवश्यक काम थाल्न मन्त्रालयलाई निर्देशन दिए । त्यसका निम्ति द्रुतस्तरमा काम गर्न उनले आग्रह गरे ।

“हाम्रो समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद गर्न कसरी फास्ट ट्रयाकमा जान्छ, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलाई विशेष बढी प्रेसर हुनेछ,” उनले भने, “यसका फास्ट ट्रयाकमा जाने विधि र प्रक्रिया के हुन् ? अर्थ मन्त्रालयबाटै खोलेर २३ गते नै सक्ने गरी काम गर्नुपर्छ ।” 

गएको मंसिर २ देखि ९ गतेसम्म हुने गरी कर्णालीमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो । तोकिएको समयमा भौतिक पूर्वाधार निर्माण गर्न नसक्दा सरकारले आउँदो चैत २३ गतेदेखि प्रतियोगिता गर्ने घोषणा गरेको छ ।

पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदबाट १०औँ प्रतियोगिता कर्णालीमा गर्ने गरी झन्डा हस्तान्तरण गरिएको थियो । न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro