site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको न्यूनतम तापक्रम फेरि घट्यो (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानको न्यूनतम तापक्रम शुक्रबार (माघ २५) घटेको छ । पछिल्लो दिनको तुलनामा तापक्रम घटेको हो ।

शुक्रबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त समयमा काठमाडौंको यो तापक्रम चार दिनयताकै कम हो ।

महाशाखाका अनुसार, बिहीबार (माघ २४) काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस थियो । बुधबार (माघ २३) काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो । मंगलबार (माघ २२) काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

सोमबार (माघ २१) र आइतबार (माघ २०) भने काठमाडौंको न्यूनतम तापक्रम समान ४.३ डिग्री सेल्सियस थियो । त्यसपछिको कम न्यूनतम तापक्रम आज हो ।

महाशाखाले शुक्रबार बिहान सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.० डिग्री सेल्सियस छ । बिहीबार जुम्लाको न्यूनतम तापक्रम –५.० डिग्री सेल्सियस थियो । बुधबार जुम्लाको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

शुक्रबार दिपायलको न्यूनतम तापक्रम ३.२, वीरेन्द्रनगरको ३.९, डडेलधुराको ५.०, ताप्लेजुङको ६.२, धनगढीको ७.० डिग्री सेल्सियस छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झा रातको समयमा आकाश खुला हुँदा बिहान चिसो बढ्ने बताउँछन् । राति आकाशमा बादल लागे चिसो केही कम हुने उनको भनाइ छ । 

“चिसो बढ्नुका विभिन्न कारण हुन्छन्, उत्तरपश्चिमबाट हावा आयो भने पनि चिसो हुन्छ,” उनले बाह्रखरीसित भनेका छन्, “तर, पश्चिमबाट अथवा मरुभूमिबाट हावा आयो भने तातो हुन्छ ।”

शुक्रबार, बिहीबार र बुधबारको तापक्रमको विवरण हेर्नोस्–

f7-1738900579.jpgf6-1738900594.jpgf5-1738900607.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro