काठमाडौं । सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को मुद्दा दायर गरेको छ । सुरक्षा उपकरण खरिदमा १२ लाख अमेरिकी डलर अर्थात झन्डै १६ करोड ५६ लाख रुपैयाँ लागतभन्दा बढीको बिल बनाएको प्रमाणसहित आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कार्यकारी निर्देशक पौडेललाई लागतभन्दा बढीको बिल बनाएर भ्रष्टाचार गर्न सघाउने भारतीय नागरिक दिपक आनन्दलाई पनि मुद्दामा विपक्षी बनाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आवश्यक सुरक्षा उपकरण खरिदका लागि पूर्वनिर्धारित दररेटमा लागत अनुमान तयार गरी आफैँले स्वीकृत गरेका पौडेलले दीपक आनन्दमार्फत लागत फरक पारेर १२ लाख अमेरिकी डलर फरक पर्नेगरी नयाँ प्रक्रिया अघि बढाएका थिए ।
एक भारतीय र दुई सिंगापुरका कम्पनीले उपलब्ध गराएको कोटेसन देखाई मातहतका कर्मचारीहरूबाट प्राविधिक स्पेसिफिकेसनस मेत बनाएर आफैँले लागत अनुमान स्वीकृत गरी बोलपत्र आह्वान गराएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । दीपक आनन्दको उपस्थितिमा एक मात्र बोलपत्रदाताका रूपमा प्रस्ताव पेस गरी, लागत अनुमानभन्दा एक प्रतिशत घटी कवोल अंक प्रस्ताव गराई पौडेल आफैँ मूल्यांकन समितिको संयोजक भएर स्वीकृत गरेका थिए ।
उनले त्यसकै आधारमा आशय पत्र जारी गरी ठेक्का सम्झौतामा समेत आफैँ हस्ताक्षर गरेका थिए । त्यसरी वास्तविक मूल्य ६ लाख ७६ हजार रहेको खरिद ठेक्कामा प्रतिवादी १२ लाख ५० हजार अमेरिकी डलर पु¥याएका थिए । त्यसवापत उनले तीन करोड आठ लाख ५० हजार घुस लिएको अख्तियारको आरोप छ ।