site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्ने तयारीमा रहेको बताएका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षापछि पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार गठन भएसँगै ओरालो लाग्दै गरेको अर्थतन्त्रलाई सुधार गर्दै उकालो लगाउने काम गरेको दाबी गरे । पछिल्ला सार्वजनिक अर्थतन्त्रका समग्र परिसूचकहरूले समेत बताइरहेको उल्लेख गरे ।

उनले सरकारको कार्यक्षमताको आधारमा वर्तमान सरकार सापेक्ष रूपमा सक्षम रहेको पनि बताए । अर्थतन्त्र सुधारको लागि थालेका प्रयासहरूलाई सरकारले तीव्रता दिने र छिटो नतिजा प्राप्त गर्ने काममा लाग्ने धारणा राखे । अर्थमन्त्री पौडेलले सरकारले दुईतिहाइ भन्ने विषयमा ध्यान नदिएर राम्रो काम गर्ने संकल्पमा रहेको उल्लेख गरे ।

आयातबाट जोगिएर वा अलग भएर राजस्व, आर्थिक र समग्र मागमा वृद्धि गर्न नसकिने उल्लेख गरे । राजस्व संकलनमा गत वर्षको तुलनामा प्रगति गरेको भन्दै अझै तीव्रता दिने बताए ।

"वर्तमान सरकार गठन भएसँगै ओरालो लाग्दै गरेको अर्थतन्त्रलाई सुधार गर्दै उकालो लगाउने काम गरेको छ । अर्थ मन्त्रालयले जारी गरेका समग्र परिसूचकहरूले बताइरहेका छन् । सरकारको कार्यक्षमताको आधारमा वर्तमान सरकार सापेक्ष रूपमा सक्षम छ । अर्थतन्त्र सुधारको लागि थालेका प्रयासहरूलाई तीव्रता दिने छिटो नतिजा प्राप्त गर्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ । दुईतिहाइ भन्ने विषयमा ध्यान दिएका छैनौँ । सरकारले जति काम गरेको छ राम्रो गरेको छ । अझै राम्रो काम गर्ने संकल्प राखेको छ," उनले भने ।  

अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पर्ने विषयमा एक प्रकारको परीक्षा सकिएको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro