site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
विश्व कवितायात्रा गर्दै सिटौला

काठमाडौ । कवि कवीन्द्र सिटौलाले १० लाख कविहरूको कविता संकलन गरेर विश्वकै विशाल कवितासंग्रह ‘ग्रन्थ’ प्रकाशित गर्ने उद्घोष गरेका छन् । बितेको तीन दशक बढी समयदेखि अमेरिकामा रहेर काम गर्दै आएका सिटौलाले नेपालबाट सात लाख तथा अन्य सय देशबाट तीनदेखि चार लाख कविता संकलन गर्ने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि सिटौलाले आफू विश्व कविता यात्रा लिएर एक सयवटा मुलुक पुग्ने र कविता वाचनसँगै कविता संकलन गर्ने जानकारी दिए ।

सिटौलाले भने, "लेखकको परिचयसहित कविता लेख्न मिल्ने गरी कविता फाराम तयार गरिएको छ । कविताग्रन्थ दुई भाषा– नेपाली र अंग्रेजीमा हुनेछ ।"

सिटौलाका अनुसार यो अभियान नेपाल र नेपालीलाई पुस्तौँपुस्तासम्म चिनाउने गौरवमय आयोजनाका रूपमा संस्थागत गर्दै विकास गरिनेछ । उनले सम्भव भएसम्म कवि लेखककहाँ आफैँ पुगेर कविता लेखाउने र संकलन गर्ने बताए । तयार ग्रन्थ विश्वका सबैजसो ठूला पुस्तकालयमा राखिने पनि उनले बताए ।

कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन, राधेश्याम लेकाली, अनेसास अध्यक्ष राजेन्द्र केसीले शुभकामना मन्तव्य दिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro