site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
साहित्यकार समको १२३औँ जन्मजयन्ती मनाइयो

काठमाडौं । नेपाली साहित्यका उज्जवल नक्षत्र कवि, नाटककार, साहित्यकार बालकृष्ण समको १२३औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ ।

बिहीबार कमलपोखरीस्थित साहित्यकार समको शालिकमा माल्यापर्ण गर्दै आरम्भ भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरूबीच कविता लेखन प्रतियोगिताको आयोजना गरियो ।

Dabur Nepal

नेपाली शिक्षा परिषद् र कामनपा वडा नंं. १ को संयुक्त आयोजनामा सम्पन्न कविता प्रतियोगितामा वृहस्पति विद्या सदनकी छात्रा आर्या अवस्थी प्रथम भइन् । प्रतियोगितामा नन्दी माध्यमिक विद्यालयकी छात्रा नीमा लामा द्वितीय र वृहस्पति विद्या सदनकै छात्र अजर रेग्मी तृतीय भए । प्रतियोगितामा नन्दी माध्यमिक विद्यालयका छात्र सन्तोषकुमार मण्डलले सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा नीमा लामा, रेश्मा श्रेष्ठ, अजर रेग्मी, सन्तोषकुमार मण्डल, वृक्षा शर्मा, छाया विष्ट, धनलक्ष्मी प्रधान, सुश्रीया दुलाल, आर्या अवस्थी, ललिता विष्ट र पृथक सुवेदीले भाग लिएका थिए ।

प्रमुख अतिथि साहित्यकार प्रा. पिताम्बर दाहालले पुरस्कृत कविहरूलाई प्रमाणपत्र वितरण गर्दै साहित्यकार बालकृष्ण समको तुलना कसैसँग गर्न नसकिने बताए । उनले समसँगका केही स्मृति प्रसंग सुनाउँदै सम बीपी कोइरालाको 'फ्यान' भएको स्मरण गरे । बीपीले पनि समका कविता मनपराउने उनले सुनाए ।

साहित्यकार रमा शर्माले विद्यालयका विद्यार्थीहरूले समको साहित्यलाई बुझ्नुपर्ने उल्लेख गर्दै यस पटकदेखि यो प्रतियोगिता गरिएको बताइन् ।

कार्यक्रममा कविहरू कृष्ण बाउसे, प्रह्लाद पोखरेल, वडा नं. १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, सचिव सर्वज्ञराज पौडेल, निर्णायक समितिका संयोजक साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले समका बारेमा बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro