site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले एक खर्ब ६७ अर्बले घटायो चालु आर्थिक वर्षको बजेट

काठमाडौं । सरकारले बजेटको आकार एक खर्ब ६७ करोड रुपैयाँले घटाएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा पेस गर्दै चालु आर्थिक वर्षको बजेटको आकार एक खर्ब ६७ करोड रुपैयाँले घटतएका हुन् ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए । तर, अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विनियोजित बजेटको १६ खर्ब ९३ अर्ब ७३ करोड ३५ लाख मात्रै खर्च गर्ने संशोधित अनुमान रहेको बताए । यो सुरु बजेट अनुमानको ९०.१९ प्रतिशत हो । उक्त रकममध्ये चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड, पुँजीगततर्फ दुई खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६३ अर्ब ६३ करोड रहेको छ ।

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले तरलता र न्यून व्याजदरको सुविधाले आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अनुमान रहेको बताए । बढ्दो अनिवार्य दायित्व र प्राकृतिक विपत्तिले सिर्जित थप दायित्वले बजेट सन्तुलन कायम गर्नु चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे ।

चालु आर्थिक वर्षको पुससम्म राजस्व परिचालन १२.७ प्रतिशतले बढेको र आर्थिक वर्षको अन्त्यसम्म बजेटको लक्ष्यनजिक पुग्ने अनुमान समेत गरे । विनियोजनको ९०.९९ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान प्रस्तुत गरे । चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड मात्रै खर्च हुने अनुमान रहेको उनले बताए । चालु आवमा ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो । संशोधितत अनुमान ९०.२४ प्रतिशत हो ।

पुँजीगततर्फ दुई खर्ब ९९ अर्ब ५० करोड ९ लाख खर्च हुने संशोधित अनुमान रहेको उल्लेख गरे । उनले उक्त संशोधित अनुमान विनियोजनको ८५ प्रतिशत रहेको बताए । वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा तीन खर्ब ६३ अर्ब ९३ करोड २६ लाख खर्च हुने अनुमान रहेको बताए ।

अर्थमन्त्री पौडेलले वर्तमान सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ६ अर्ब ९ करोड ११ लाख रुपैयाँ राजस्व परिचालन संशोधित अनुमान गरेको जानकारी दिए । उनले बजेटले चालु आर्थिक वर्षम १२ खर्ब ६० अर्ब ३० करोड राजस्व परिचालन गर्ने लक्ष्य लिएको तर यस्तै आन्तरिक ऋण लक्ष्यअनुसार नै ३ खर्ब ३० अर्ब परिचालन हुने बताए । वैदेशिक अनुदान ३६ अर्ब ६२ करोड ६८ लाख मात्रै परिचालन हुने संशोधित अनुमान रहेको बताए ।

बजेटले वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड प्राप्त हुने लक्ष्य लिएको थियो । यस्तै, वैदेशिक ऋणको लक्षय पनि संशोधन गरेको छ । चालु आवमा १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख परिचालन हुने संशोधित अनुमान गरेको छ । बजेटले वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने लक्ष्य लिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro