site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदर्शनको सय दिन पुग्दा ‘पूर्ण बहादुरको सारङ्गी’को टिकट सय रुपैयाँमा

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनको सय दिन पुगेको अवसरमा सय रुपैयाँमा टिकट बेच्ने भएको छ । यो चलचित्रले भोलि (शुक्रबार) प्रदर्शनको सय दिन मनाउँदै छ । 

“प्रदर्शनको सय दिन पुगेको अवसरमा हामीले दर्शकलाई एक सय रुपैयाँमा टिकट उपलब्ध गराउने भएका छौँ,” निर्माता विनोद पौडेलले भने । 

‘पूर्ण बहादुरको सारङ्गी’ले आधा दर्जन हलमा प्रदर्शनको सय दिन मनाउन लागेको हो । काठमाडौंको सामाखुसी, रञ्जना, बनेपा, बुटवल र धरानलगायत हलमा एक सय दिन मनाउन लागेको हो । 

‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्र ‘दिमाग खराब’पछि सय दिन मनाउने पहिलो चलचित्र हो । दुई वर्षअगाडि ‘जारी’ र ‘जारी’ले प्रदर्शनको सय दिन मनाएका थिए । ‘जारी’ले पाँच वर्षपछि सय दिन प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको थियो । 

आधा दर्जन हलमा सय दिन प्रदर्शन हुने चलचित्रको रेकर्ड भने ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा रह्यो । यो चलचित्र नेपालमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्र बनिसकेको छ । 

एक करोड ३० लाखमा बनेको चलचित्रले नेपालभित्र र बाहिर गरेर पौने एक अर्बभन्दा माथि ग्रसकलेक्सन गरेको छ । 

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । 

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro