![एन्फाका पूर्वअध्यक्ष कर्मा शेर्पामाथि विद्यालयको जग्गा किर्ते गरी बेचेको आरोप](https://12khari.top/uploads/posts/Karma-Chhiring-1738824804.jpg)
काठमाडौं । भक्तपुरको दधिकोटस्थित टुंग्रम इन्टरनेसनल एकेडेमी (टीआईए विद्यालय)को जग्गा किर्ते गरी बेचेको घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै परेको रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाल अवस्थीको इजलासमा सुनुवाइ सकिएको हो ।
नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्षसमेत रहेका कर्माछिरिङ शेर्पाले किर्ते कागजात खडा गरी विद्यालयको २९ रोपनी जग्गा बिक्री वितरण गरेको विद्यालयको आरोप छ । विद्यालयको सञ्चालक समिति सदस्यसमेत रहेका कर्माले सञ्चालक समितिको बैठकका निर्णय किर्ते गरेर विद्यालयको जग्गा बेचेको आरोप लागेको छ ।
उनीमाथि अनुसन्धानको माग गर्दै विद्यालयले प्रहरीमा निवेदन दिएको थियो । तर, प्रहरीले निवेदन दर्ता नै नगरी शेर्पालाई उन्मुक्ति दिएको विद्यालयको आरोप छ ।
त्यसपछि प्रहरीलाई विपक्षी बनाएर विद्यालय अदालत पुगेको थियो । विद्यालयले शेर्पामाथि अनुसन्धान गर्ने आदेशको माग गरेको छ । सोही रिटमाथिको सुनुवाइ सकिएको हो । आजै अदालतको आदेश आउने बुझिएको छ ।