site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेहा र सत्येन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण– मेरो आदर्शप्रति प्रश्न उठाइयो

काठमाडौं । सर्लाहीको बरहथवाका सत्येन्द्रकुमार राम चमार र सोही नगरपालिकाकी नेहा रौनियारको अन्तरजातीय विवाहबारे आफूमाथि प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले आफू सधैँ जातीय छुवाछुतविरुद्ध रहँदै आएको बताए । अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो आदर्शप्रतिको अवमूल्यन भएको टिप्पणी गरे ।

“वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन हो भन्ने ठानेको छु,” उनले भने ।

उनले आफ्नो पार्टी नेपाली कांग्रेस जातीय विभेद र छुवाछुत विरुद्ध रहेको बताए । उनले यस्तो विवाहलाई राज्यले प्रोत्साहन गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको भन्दै प्रतिबद्धता जनाए ।

उनले अन्तरजातीय विवाहमा गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित भएको बताए । प्रहरीले सम्पूर्ण विवरण सार्वजनिक गरिसकेको बताए । “यस विषयमा कही त्रुटी भएको देखिए छानबिन र कारबाही गर्ने कुरा सम्मानित सदनलाई विश्वास दिलाउन चाहन्छु,” उनले भने । उनले पीडितको गुनासो सम्बोधन गर्ने र सम्पूर्ण पमा सुरक्षा दिनेमा म आश्वस्त पारे ।

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro