site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेविरुद्ध बहस गर्न छिमेकी जिल्लाबाट पनि चितवन पुगे न्यायाधिवक्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा बिहीबार दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । बुधबार (हिजो) न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएको थियो ।

लामिछानेविरुद्ध आज तीन जिल्ला न्यायाधिवक्ताले पनि बहस गर्ने चितवन अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । “अहिले छिमेकी जिल्लाबाट आउनुभएका जिल्ला न्यायाधिवक्ताहरू – बारा जिल्लाबाट शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ जिल्लाबाट दशरथ पंगेनी सरहरू क्रमशः बहस हुने क्रम जारी छ,” उनले बाह्रखरीसित भने ।

यस्तै, लामिछानेका तर्फबाट एक र पीडित पक्षबाट तीनजनाले बहस गर्नेछन् । बुधबार सरकारी वलिकका तर्फबाट पाँच र लामिछाने पक्षबाट एकजनाले बहस गरेका थिए । 

त्यसपछि लामिछानेलाई प्रहरी हिरासतमा पठाइएको थियो । गएको मंगलबार लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा चितवन अदालतमा मुद्दा दायर भएको थियो ।

थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति कारागार चलानमध्ये एक आदेश गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro