site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानदार मःम पसलमा आगलागी : ११ ‘स्टाफ’ घाइते, दुईजनाको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागी भएको छ । बिहीबार (माघ २४) बिहान करिब ८ः५० बजे ग्यास चुहावट भई आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

आगलागीमा परी ११ जना घाइते भएका छन् । उपचारका निम्ति उनीहरूलाई कीर्तिपुर बर्न अस्पतालमा पठाइएको परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

gas-silindar-bisfot-1738820571.jpg
घाइते भएका सबै ११ जना नै सोही मःम पसलका स्टाफ (कर्मचारी) रहेका उनले बताए । “घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ,” उनले बाह्रखरीसित भने ।

घाइतेलाई सुरुमा हिमाल अस्पतालमा लगिएको थियो । त्यहाँबाट कीर्तिपुर पठाइएको हो । आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली खटिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro