site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेका सीईओ कार्कीको कार्यकाल २५ माघमा सकिँदै, पुनर्संरचना गर्न सक्ने नेतृत्व ल्याउन माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आधिकारिक कर्मचारी युनियन नेप्से कर्मचारी संघले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अगाडि बढाउन दाबाब दिएको छ । संघले विज्ञप्ति जारी गर्दै हालका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिन लागेको भन्दै नेप्सेको पुनर्संरचना गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्ने उल्लेख गरेको छ ।

अहिलेको अवस्थामा समग्र पुँजी बजरको विकास र लगानीकर्ताको हितमा प्रभावकारी कार्य गर्न पुँजी बजारको विषयमा ज्ञान भएका सक्षम नेतृत्वको आवश्यकता रहेको नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले बताए । त्यस्तै, वर्षौंदेखि नेप्सेको पुँजी बजारको पुनर्संरचनाको कुरा उठेको भन्दै यसलाई समाधान गर्न सक्ने क्षमतावान व्यक्तिलाई नेप्सेको सीईओ बनाउनुपर्ने अध्यक्ष थापा बताउँछन् ।

नयाँ आउने सीईओलाई नेप्सेको पुनर्संरचना गर्ने, साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्ने/गराउने, नयाँ कारोबारयोग्य औजार ल्याउने, प्रविधिलाई अद्यावधिक गराउनेलगायत चुनौतिपूर्ण अवस्था रहेको थापा बताउँछन् ।

सरकारले पनि 'हाम्रालाई भन्दा राम्रा र योग्य व्यक्तिलाई' नेप्सेको सीईओ बनाउनुपर्ने उनी बताउँछन् । 

हालका सीईओ कार्कीको कार्यकाल यही माघ २५ गते सकिँदै छ । उनी अहिले नियमित कार्यालय आइरहेका छन् । कार्की ०७८ माघ १७ गते नेप्सेको सीईओमा नियुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro