site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभर इन्टरनेटमा समस्या, एयरटेलको ब्यान्डविथमा फ्लक्चुएसनको आशंका

काठमाडौं । नेपालमा आइतबार साँझ इन्टरनेटमा समस्या देखिएको छ । सबैजसो इन्टरनेट सेवाप्रदायक र टेलिकम कम्पनीको इन्टरनेटमा समस्या देखिएको हो ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले इन्टरनेटमा केही समस्या आएको बताए । उनका अनुसार भारतबाट आयात गरिएको ब्यान्डविथमा नै समस्या देखिएको हो । भारतीय इन्टरनेट सेवाप्रदायक एयरटेलबाट खरिद एवं आयात गरिएको इन्टरनेटमा समस्या आएको आशंका गरिएको छ ।

नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले पनि इन्टरनेट सेवा डाउन भएको पुष्टि गरेको छ ।

"एयरटोलको नेटवर्क लगभग पूर्णरूपमा डाउन भएको छ," आइस्पान सीईओ सुभास खड्काले भने ।

लामो समयदेखि नेपालका इन्टरनेट कम्पनीले ब्यान्डविथको भुक्तानी गर्न नसकेको कारणले काट्यो की अन्य कारणले हो भन्ने स्पष्ट छैन । तर नेपाल टेलिकमको नेटवर्कमा समेत समस्या आएको छ ।

उनले अहिले कन्ट्रयाक्ट भ्यालिड नहुँदा एयरटेलसँग औपचारिक कुरा गर्ने बाटो नरहेको बताए ।

नेपालको कुल इन्टरनेटमा एयरटेलको हिस्सा करिब ८५ प्रतिशत रहेको आइस्पानले जनाएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro