site stats
बाह्रखरी :: Baahrakhari
खेल
थाइल्यान्डविरुद्ध नेपालको ब्याटिङ 

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज थाइल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग २० रनले पराजित भएको थियो । 

Argakhachi Cement Island Ad

थाइल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको थियो । 

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, ममता चौधरी, सम्झना खड्का, सीता राना मगर, मनीषा उपाध्याय, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रोमा थापा, अलिशाकुमारी यादव र रेवती धामी छन् । रासस

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्