इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश आतंककारी मारिएको सेनाले शुक्रबार जानकारी दिएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
आईएसपीआरले उत्तरी वजिरिस्तानमा चार छुट्टाछुट्टै भिडन्तमा ६ जना आतंककारी मारिएको बताएको छ ।
आईएसपीआरका अनुसार, आतङ्ककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरूविरुद्ध आतंककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।
यस क्षेत्रमा अन्य आतंककारीहरूको उपस्थितिलाई हटाउन सेनाले अभियान सञ्चालन गरेको छ ।
सेनाले पाकिस्तानबाट आतंकवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ । रासस/सिन्ह्वा