site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी विमान दुर्घटनाबारे ट्रम्पले लगाए यस्तो गम्भीर आरोप 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमान दुर्घटनालाई लिएर सिंगो देश शोकमा रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाको वाशिंगटन डीसी नजिकै हेलिकोप्टरसँग अमेरिकन एयरलाइन्सको विमान ठोक्किएर भएको दुर्घटनाबारे पत्रकार सम्मेलन गर्दै दुर्घटनाको वास्तविक कारण थाहा नभएको बताएका छन् । उक्त दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति ट्रम्पले दुर्घटनाको विस्तृत छानबिन गर्न आदेश दिइएको बताउँदै भने, “यो दुर्घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर, हामी छिट्टै पत्ता लगाउनेछौँ । र, फेरि यस्तो नहोस् भनेर सुनिश्चित गर्नेछौँ ।”

उनले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै  अमेरिका शोकमा डुबेको बताए । उनले भनेका छ, “हेलिकोप्टर गलत समयमा गलत ठाउँमा थियो ।” 

उनले यस घातक दुर्घटनाका लागि अघिल्लो बाइडेन सरकारको डीईआई प्रोगामलाई दोष दिए । यो कार्यक्रमअन्तर्गत अपांगता र मानसिक समस्या भएका मानिसलाई एयर ट्राफिक कन्ट्रोलरको रूपमा भर्ती गरिएको उनको आरोप छ । 

उनले ओबामा र बाइडेन प्रशासनलाई एयर ट्राफिक कन्ट्रोलमा औसत व्यक्ति भर्ती गरेको आरोप लगाए । ट्रम्पले आरोप लगाए पनि यसको कुनै प्रमाण भने दिएनन् ।

ट्रम्पले आफ्नो एक कार्यकारी आदेशलाई उदृत गरे जुन एयर ट्राफिक नियन्त्रणमा उच्च मापदण्ड अपनाउने थियो । बीबीसी 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro