site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन अर्बको क्रिप्टो करेन्सी र अनलाइन ठगी गर्ने सातजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तीन अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी र अनलाइन ठगी गर्ने सातजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कैलालीको वर्दगोरीया–६ का माइकल डंगौरा, कैलालीकै अनिल विश्वकर्मा, काठमाडौंको बूढनीलकण्ठका पियुष श्रेष्ठ, दोलखाको भीमेश्वरका सत्यमकुमार सहनीसहित सातजना छन् ।

Dabur Nepal

उनीहरूको साथबाट प्रहरीले विभिन्न ब्रान्डका मोबाइल १३ थान, विभिन्न व्यक्तिका नामका काटेको १९ थान चेक र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा उनीहरूले संगठित रूपमा क्रिप्टो कारोबार तथा अनलाइन ठगी गर्ने गरेको खुलेको छ । उनीहरूले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर अनलाइन ठगी गर्ने गरेको खुलेको सीआईबीका एसपी सुधीरराज शाहीले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान जारी छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro