site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौं । पश्चिम नवलरासीमा लागुऔषध कारोबारीलाई समाउन प्रहरीले गोली चलाएको छ । बिहीबार (हिजो) बेलुका करिब ८ बजे प्रहरीले गोली चलाउँदा एक लागुऔषध कारोबारी घाइते भएका छन् । उनलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं डीआईजी दिनेशकुमार आचार्यले बाह्रखरीलाई जानकारी दिए । 

लोनियाको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ । अर्का एक व्यक्ति फरार छन् । लागुऔषध कारोबारीले प्रहरीमाथि गोली हान्ने प्रयास गरेपछि प्रतिकार गरिएको प्रवक्ता आचार्यले जानकारी दिए । 

रामग्राम नगरपालिका–१२, पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएको थियो । लोनियाको घरबाट लागुऔषध नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । उनले घरमा लागुऔषध राखेको सूचना पाएपछि प्रहरीको पाँचजनाको टोली त्यहाँ पुगेको थियो ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले परिचय दिएर खानतलासी गर्दा लोनियाले आक्रमण गर्न खोजेका थिए । त्यसपछि उनी भाग्ने प्रयासमा थिए । सोही क्रममा प्रहरीले गोली प्रहार गरेको थियो ।

लोनियाको बायाँ साप्रामा एक राउन्ड गोली लाग्दा उनी घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं डीएसपी रेशम बोहराले राससलाई जानकारी दिएका छन् ।

जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उक्त स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिइएको सूचना अधिकारी बोहराले बताए ।

प्रहरीका अनुसार, फरार एकजना लागुऔषध किनबेचमा संलग्न व्यक्ति हुन् । ती व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro